
इन्द्र बुढाथोकी
सल्यान – सल्यान पश्चिम बनगाड पश्चिम बनगाड कुपिण्डे नगरपालिका रोजगारीको लागि भारत पुगेका उनीहरुको अहिले सिमा नाक रुपैडियामा बिजोग भएको छ ।
तीन दिनअदिन घर फर्कने भनी सिमाना नाका रुपैडियामा आइ पुगेका उनिहरुको विजोग भएको बनगाड कुपिण्डे नगरपालिका ४ का महेन्द्र बुढाले जानकारी दिएका छन । लकडाउनका कारण भारतमा गएको समयमा खाना बस्नको समस्या भए पछि ट्रक तथा बसमा फर्किएका उनिहरु अहिले सिमावत्ती पिजि कलेज वहराइह पान्डेनगर जैतापुरमा राखिएको छ बुढाले बताए यश क्षेत्रमा मात्र १२७ जना रहेको र अन्य ठाउहरुमा पनि थुप्रै नेपालीहरु ट्र्क बसमा आएकोले अहिले खाना बस्नको समस्या भएको उनले बताए ।
लकडाउनका कारण भारतको विभिन्न स्थानबाट नेपालीहरु सिमा नाकामा आउने क्रम ह्वात्तै वढेको छ ।दैनिक दिन भारती ट्रक, वसले नेपालीहरुलाइ सिमा नाकामा ल्याउदै छाड्दै गर्ने गरेको छ । सिमा नाकामा आएर नेपाल भित्रन नपाएका नेपालीहरुको अवस्था विजोग वनिरहेको छ । खाना र बस्न समेतको उनीहरुलाई व्यवस्थापन नहुदा दैनिकी कष्टकर बनेको बुढाको दुखेसो छ ।
यता नगर प्रमुख गोविन्द कुमार पुनले भने एक हप्ता सिमा नाकाको क्वारेन्टाइन राख्ने र त्यहा स्वास्थ्य परिक्षण पछि सम्बन्धि ठाउको जिल्ला प्रशासनले जुन ठाउको व्यक्ति छन सोही जिल्ला प्रशासनलाइ खबर गर्छ । अनि मात्र आफ्ना नागरिकहरुलाइ सुरक्षीत ल्याएर १४ दिन क्वारेन्टाइन राखेर स्वास्थ्य परिक्षण गरेर मात्र घर पठाउन सकिने नगर प्रमुख पुनले बताउनु भएको छ ।
उद्दारको लागि आफुले पहल गरिरहेको समेत बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारीको समन्वयमा मात्र ल्याउन सकिने नगर प्रमुख गोविन्द कुमार पुनले बताउनु भयो । त्यसरी ल्याएमा कोरोना बाट थप सुरक्षीत हुन सक्ने उहाको भनाइ छ ।
सम्बन्धि जिल्ला र स्थानीय तहलाई यथासक्य चाडैं उद्दार गरिदिन उनीहरुले अपिल गरेका छन् । कोचाकोच गरि वस्नुपर्ने बाध्यताका कारण समस्या समेत निम्तिने गरेको उनीहरुको भनाई छ । सिमाना रुपैडिया आइपुगेका उनीहरुलाई ४ किलोमिटर भारतकै स्थानमा राखिएको छ । मजदुरी गर्न भारत पुगेका उनीहरु काम गर्ने ठाउँमा समेत खान नपाउँदा बाध्य भएर ट्रकहरुमा कोचिएर धमाधम आउन थालेका छन् । उक्त समस्या समाधानका लागि नेपाल सरकारलाई जतिसक्दो चाँडै पहल थाली नेपाल भित्र्याइदिन अनुरोध गरेका छन ।
प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार १९:३५