घरघरमा खानेपानी धारा पुगेपछि स्थानीयमा खुसियाली

इन्द्र बुढाथोकी

सल्यान – बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौ समय लगाएर खानेपानी खोजेर जीविका चलाएका भलाखर्कका स्थानीयबासी अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दंग छन् ।

वर्षाैदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य स्थानीयबासीलाई बिहान उठेपछि अरु कामकाजभन्दा खानेपानीको जोहो गर्ने कुरामा निकै पिरलो पर्ने गथ्र्यो ।
बनगाड कुपिण्डे नगरपालिका ६ भलाखर्कका स्थानीयबासीले घरघरमा धारामा पानी पाएपछि दंग भएका छन् । खानेपानीका लागि निकै समस्या झेल्दै आएका स्थानीयबासीको अथक प्रयास र मेहनतपछि घरघरमा पानी आएको स्थानीय खुमी पुरीले बताइन ।

बिहान झिसमिसे उज्यालोमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपथ्यो अहिले त्यो समस्या सधाका लागि हटेको पुरीले बताइन । उनले भनिन ‘बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नु पर्ने बाध्यता थियो । अहिले त घरमै धारा जडान छ ।’

३० लाखको बजेटमा खानेपानी गाउँमा आएपछि ३५ घरधुरी भन्दा बढी परिवार लाभान्वित भएको भलाखर्क गैरागाउँ खानेपानी योजनाका अध्यक्ष मेवालाल बुढाथोकीले बताए । विगतमा खानेपानी नहुँदा घरको काम भन्दा खानेपानी बोक्ने समस्याले बढी सताउने गरेको उनले बताए । उनले भने ‘आफुहरुले पहिले कुलोको फोहोर पानी खाने गरेको र वर्षामा आकासे पानी संकलन गरेर खानेगरेकोमा अहिले घरघरमा खानेपानी आएपछि सफा र स्वच्छ पानी खान पाएका छौं ।’

पूवार्धार कार्यालय सल्यानको आर्थिक तथा खानेपानी कार्यालय सल्यानको प्राविधिक सहयोगमा गाउँदेखि तीन किलोमिटर टाढा रहेको सिस्ने खोलाबाट पानी ल्याएपछि खानेपानीको सुविधा पुगेको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७७, बुधबार १४:०१