लकडाउनका विचमा पनि सुनौली बजारमा विधुत पुगेपिछ स्थानीय हर्षित

इन्द्र बुढाथोकी, सल्यान । सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा न ६ सुनौली बजारमा बिधुत बति बलेको छ । चैत महिनामा बति बाल्ने तयारी गरे पनि कोरोना भाइसरका कारण देश लकडाउनमा परेको कारण बति बाल्न नसकिएको नो लाइट बिधुत कार्यालय सल्लीबजारका प्रमुख लोकमान शाक्यले बताउनु भयाे ।

सुनौली बजार लगाएत त्यस आसपासका २ सय घरधुरीलाई ११ केभीको लाइन वितरण गरिएको उहाँले बताउनु भयाे । बति बले सङ्गै बनगाड क्याम्पस, वडा कार्यालय लगाएतको क्षेत्र लाभान्वित हुने भएका छन भने बनगाड क्याम्पसमा क्वारेन्टाइनमा बस्ने नागरिकहरुलाइ सहज हुन छ ।

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्तागाउपालिका २ हजार घरधुरीलाई सेवा दिइरहेको प्रमुख शाक्यले बताउनु भयाे । ३३ केभि लाइनमा सुर्खेतको बोटेचौर देखि बनगाड र सिम्ता ३ जना कर्मचारीले मात्र हुन्दा सेवा दिन समस्या हुने गरेको छ ।

कर्मचारी अभावमा पनि आफुहरुले ग्राहकहरुलाइ हरपल सेवा दिइरहेको उहाले बताउनुभयाे । स्थानीय धन बहादुर सिहले आफुहरुलाइ बजारमा वति आउदा असाध्य खुसी लागेकाे  बताउनु भएको छ । वर्षाै‌ देखि बतिको आशामा बसेकोमा अहिले  अाएर बत्ती बाल्न पाउँदा स्थानीय हर्षित भएका छन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०७७, बिहीबार १६:५६