
इन्द्र बुढाथोकी
सल्यान ८ जेष्ठ । रोजगारीको शिलशिलामा भारत गएका बनगाड कुपिण्डे नगरपालिका नागरिकलाई विभिन्न ठाउमा क्वारेन्टाइन बनाएर राखिएको छ ।
बनगाड क्याम्पस १ सय ५३ जना, प्रभाकर मावीमा २ सय ७० जना राखिएको छ । कपुरकोट बाट ३६ जनालाई भने नव ज्योती माबी बाबियाचौरको क्वारेन्टाइन राखिएको छ ।
कुमाख गाउपालिका र बागचौर नगरपालिका नागरिक समेत रहेका छन । बनगाड कुपिण्डे नगरपालिकाका नारायण विसिका अनुसार ५ दिन देखि रुपैडियामा क्वारेन्टाइनमा बसेको र भोकै नेपाल आएका छन ।
भारत बाट आएका सबैलाइ खानेपानी, चिउरा, चाउचाउ लगाएत २५ हजार बराबरको खाजा नास्ताको व्यवस्था जिल्ला समन्वय समिति सदस्य आशा वलिले र तिलक बुढाथोकीले सहयोग गर्नु भएको छ ।
उनिहरुले नेपालगन्ज बाट १ हजार देखि १५ सय सम्म भाडा तिरेर आएका छन । व्यवस्थित बसाइ समेत नभएको उनिहरुले दुखेसो गरेका छ्न ।
प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार ०७:१९