मकैमा फौजी किराको प्रकोपपछि रुकुममा किसानहरु चिन्तित

प्रचण्ड खत्री / रुकुम पश्चिम्

रुकुम पश्चिमका २ वटा स्थानीय तहमा मकैमा अमेरिकन फौजी किराको प्रकोप बढीरहेको छ । जिल्लाको बाफिकोट गाउँपालिका वडा नम्बर ६,७,८ र ९ र सानिभेरी गाउँपालिकाको ३ र ४ नम्बर वडामा प्रकोपको डरले किसानहरु बनेका छ्न । कुट्याउन लागेको मकैमा रोग लागेपछि किसानहरुलाई रोग कसरी निर्मुल गर्न सकिन्छ भन्ने बिषयमा चिन्तित बनायको बाफिकोट गाउँपालिका वडा नम्बर ६ का किसान देब बहादुर कुसारिले बताउनुभयो ।

नेपालका विभिन्न जिल्लामा देखियको अमेरिकन फौज किराको प्रकोपले रासायनिक बिषादी प्रयोगले गर्दा सहि बिषादी पनि प्रभावहिन हुन नसक्ने बाफिकोट कृषि बिकाश शाखाका कार्यलय प्रमुख लोकेन्द्र ओलिले बताए । रोगले किसानहरु प्रभावित भएका छ्न ।

मकै बालिबाट राम्रो आम्दानी लिने सोच बनायका किसानहरु फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो भन्ने बिषयमा चिन्तित बन्न पुगेका छ्न ।

अमेरिकन फौजी किराले मकै बालिलाई धेरै मन पराउने गर्छ । मकै मात्रै होईन धान गहुँ तोरि लगायत ८० प्रकारको बालिमा असर पुर्याउने भएकाले बालिमा ध्यानदिनुपर्ने सानिभेरी गाउँपालिकाका कृषि बिकाश शाखाका कार्यलय प्रमुख महेन्द्र ओलिले भन्नुभयो ।

उनले भने हामिहरुले नियन्त्रणको उपायहरू अपनाईरहेका छौ तर यसको असर व्यापक फैलिएको हुँदा नियन्त्रण गर्न गाह्रो भएको दुखेसो ब्यत्त गर्नुभएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७७, शनिबार १५:४३