बनगाड कुुपिण्डे नगरपालिकामा भारतबाट आएका तीन सय ९३ को पीसिआर परीक्षण

इन्द्र बुढाथोकी
सल्लीबजार १३ जेठ
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले भारतबाट आएका चार सयको पीसिआर परीक्षण गरिएको छ ।

मंगलबार प्रभाकर मावी देवस्थल क्वारेन्टाइनमा रहेका २४३ र बनगाड क्याम्पस क्वारेन्टाइनमा रहेका १५० जना गरि जम्मा ३ सय ९३ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले बताएका छन । वाँकीको अन्य क्वारेन्टाइन रहेका हरुको बिहिवार परीक्षण गरिने नगरपालिकाको भनाई छ ।

जेठ महिना लागे यता भारतबाट जिल्ला भित्रिनेको सख्ंयामा उल्लेख्य वृद्धि आएको छ । कपुरकोट र बबई नाकाबाट कोरोना परीक्षण विनानै भित्रिएका छन् । आरडिटी परीक्षण भरपर्दो नभएपनि आरडिटी मात्र हुदै आई रहेको छ । जसले जोखिम बढाउदै लगेको छ ।


नगरपालिकामा हालसम्म सात सय बढी नगरबासी भित्रिएका छन् । सात सय मध्ये पहिलो चरणमा चार सयको स्वाब संकलन गरी पीसिआर परीक्षण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव पोख्रेलले बताए । यसको

रिपोर्ट तीन दिन पछि आउनेछ ।

रोजगारीका लागि भारतका विभिन्न स्थानमा ६ हजार बढी नगरबासी रहेको तथ्यांक रहेको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७७, मंगलवार २१:३९