कभर खबर

  • १६ जेष्ठ २०७७, शुक्रबार १४:३९

रतुवा जनावर मारेको आरोपमा सल्यानमा १० जना पक्राउ

इन्द्र बुढाथाेकी ,सल्यान । सल्यानमा रतुवा मारेको आरोपमा प्रहरीले १० जनालाइ पक्राउ गरेको छ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–७ संग्रही खोलामा जङ्गली जनावर रतुवा मारेको गोप्य सूचनाका आधारमा मासु बाँडफाँड गर्दै गरेका १० जनालाइ पक्राउ गरि अनुसन्धान शुरु गरेको गरिएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी मनोज लम्साल शर्माले जानकारी दिनुभयाे ।

रतुवाको मासु बाँडफाँड गर्दै गर्दा वन कार्यलय र प्रहरीको टोलीले १० जनालाई पक्राउ गरेको उनले बताए । पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका–७ निवासी ३७ वर्षीय प्रेम रोका,१७वर्षीय गिमवहादुर थापा, ३५वर्षीय रुद्रवहादुर वली, ४१ वर्षीय हेमराज वली, ६८ वर्षीय लुटवहादुर वस्नेत,६५ वर्षीय जितवहादुर वस्नेत, ५४वर्षीय डम्बर वली, ३२वर्षीय नरवहादुर वली, ३६ वर्षीय वेलाराम विक र ५८ वर्षीय खड्क खड्का रहेको प्रहरीले जनाएको छ ।
सबै जनालाई जिल्ला चलान गरिएको बताएको छ भने अनुसन्धानपछि दोषी देखिए उनीहरु सबैलाई जङ्गली जीव जनार तथा बन्यजन्तु ऐन उपर मुद्दा चलाइने भएकाे छ । सबै जनालाई जिल्ला चलान गरिएको बताएको छ भने अनुसन्धानपछि दोषी देखिए उनीहरु सबैलाई जङ्गली जीव जनार तथा बन्यजन्तु ऐन उपर मुद्दा चलाइने डिभिजन कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७७, शुक्रबार १४:३९