साेती घटनामा ज्यान गुमाएका टिकारामका परिवारलाई खाद्यान्न र नगद प्रदान

प्रचण्ड खत्री / रुकुम पश्चिम्

रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती सोति गाउँको घटनामा ज्यान गुमाएका चौरजहारी नगरपालिका १ निवासी टिकाराम नेपालीका सब परिवारलाई किरिया खर्च स्वरूप सहयोग रकम प्रदान गरिएकाे छ ।

रूकुम निवासी राष्ट्रिय सभा सदस्य ठकेन्द्र प्रकाश पुरी, संघीय सांसद तिर्था गौतम, जाजरकोटका नेपाली काँग्रेसका नेता राजिव बिक्रम शाह, नेपाली कांग्रेस रूकुम पश्चिमका सभापति प्रेमप्रकाश ओली र चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले पीडित परिवारलाई किरिया खर्च स्वरुप सहयोग उपलब्ध गराउनु भएको पिडित परिवरले जानकारी दिएकाे छ ।

टिकारामको परिवारलाई किरिया खर्चका लागि भन्दै १ लाख रूपैयाँ सहयोग प्राप्त भएको बताइएको छ । चौरजहारी नगरपालिका प्रमुख बिशाल शर्माले मृतकका परिवारजनलाई रु.३० हजार र खाद्यान्न सामाग्री उपलब्ध गराएका थिए । त्यसै गरी राष्ट्रिय सभा सदस्य ठकेन्द्र प्रकाश पुरीले १० हजार, संघिय सांसद तिर्था गौतमले १० हजार, कांग्रेस नेता राजिव बिक्रम शाहले २५ हजार र नेपाली कांग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले २५ हजार सहयोग प्रदान गरेका हुन्।

सहयोगी सबै व्यक्तिहरुले टिकाराम लगायत उक्त घटनामा मारिएका परिवाजनले न्याय पाउनुपर्ने र दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताएका छन्। उनीहरूले उक्त घटना अकल्पनीय र बर्बरतापूर्ण रहेकोले घटना अनुसन्धान प्रक्रियामा सहयोग गरेर पीडितलाई कारबाहि गराएरै छाड्ने प्रतिबद्धतासमेत जनायका छ्न ।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार १७:३०