आरडिटीमा २ पटक पाेजेटिभ देखिएका सिम्ताका वडाध्यक्षकाे रिपाेर्ट नेगेटिभ

इन्द्र बुढाथोकी

सल्लीबजार १७ जेष्ठ । पुर्बी सुर्खेतको सिम्तागाउपालिका वडा न ५ का वडा अध्यक्ष मोहन कुमार विसिको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अध्यक्ष विसिले सिम्तामा भारत बाट आएका आफ्ना नागरिकलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्ने दिन रात खटिनु भएको थियो ।

स्वास्थ्यमा समस्या आए पछि २ पटक सम्म आरडिटी गर्दा समेत रिपोर्ट पोजेटिभ आएको थियो । वडा अध्यक्षको रिपोर्ट आज पिसिआरमा नेगेटिभ देखिएको छ ।

जसले गर्दा उहाँ संग बैठकमा सहभागी घुलमिल भएका जनप्रतिनिधि कर्मचारी र सिम्ता बासिमा सबैलाई एक खालकाे त्रास उत्पन्न भएको थियो।अाज उहाँ PCR रिपोर्ट नेगेटिभ अाउदा सबैमा खुसि छाएको छ।

PCR रिपोर्ट नेगेटिभ अाउने बित्तिकै वडा अध्यक्ष विसिले अाफ्नाे फेसबुकमा सबैलाई सुरक्षित भएर काेराेना विरूद्धकाे लडाइ लड्न र क्वारेन्टाइन व्यवस्थापनमा सबैलाई सहयोग गर्न अनुरोध गर्दै अाफु पनि काममा फर्केको जानकारी गराउनु भएको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार २०:४८