
सुर्खेत – कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड(१९) सङ्क्रमितको संख्या एक सय २३ पुगेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्लामा भएको परीक्षणमा आइतबार १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाले प्रेस विज्ञप्ति मार्फत दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो ।
कोरोना सङ्क्रमणबाट कर्णालीमा एक जनाको मृत्यु भइसकेको छ । भारतबाट फर्किएका दैलेखका ३५ वर्षीय युवाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
पछिल्लो समय भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा कोरोना सङ्क्रमणको जोखिम पनि बढेको छ ।
जेठ महिना यता मात्रै कर्णालीमा २३ हजार ७ सय ९१ जना भारतबाट आएका छन् । उनीहरु सबैलाई स्थानीय तहले बनाएका क्वरेन्टीनमा राखेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०७७, आईतवार १२:२६