दुर्घटना अपडेटः घाइते मध्ये १० जनाकाे परिचय खुल्याे, सल्यानकाे शिद्द कुमाखका धेरै

 

बाँके – बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना हुँदा घाइते मध्ये १० जनाकाे परिचय खुलेकाे छ । वाँके प्रहरीका अनुसार घाइते मध्ये शिद्द कुमाखका धेरै छन् ।

शिद्द कुमाख ४ का लाेकेश घर्ति, जित बहादुर बुढा र निम बहादुर बादी, शिद्द कुमाख ५ का तेज बहादुर बुढाथाेकी, धन बहादुर बाेहरा यस्तै शिद्दकुमाखकै ज्ञान बहादुर बाेहरा र दिपेन्द्र बुढाथाेकी घाइते भएका छन् । यस्तै शारदा ६ की टिका चलाउने, वकुनपा ६ का मिनराज विक र सल्यान शिव डाँगीकाे परिचय खुलेकाे छ । मृतककाे सनाखत हुन भने केहि समय लाग्ने छ ।

घटनामा १२ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् ।घाइते मध्ये ४ काे अवस्था गम्भिर छ । कभरखवर सँगकाे कुराकानीमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले  अवकाे केहि वेरमा मृतककाे सनाखत हुने जानकारी दिनुभयाे । रातिकाे समय भएकाेले उद्दारमा प्राथमिकता दिएकाे उहाँले बताउनुभयाे ।

भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी २ मा दुर्घटना भएकाे थियाे । गाडि ठुरिया जंगलमा राेकिराखेकाे वा ४ ख ९०६४ नम्वरकाे ट्रकमा ठाेक्किएकाे थियाे । गाडिमा ३३ जना सवार थिए । दुर्घटनामा घाइते मध्ये १ जनाकाे उपचारकाे क्रममा ज्यान गएपछि मृतककाे संख्या १२ पुगेकाे हाे । मृतकहरू दाङ र सल्यानमा हुन सक्ने अनुमान गरिएकाे छ।

 

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार ०८:१६