बनगाड कुपिण्डे नगरपालिकामा सय आइसुलेसन बेड बनाइदै

इन्द्र बुढाथोकी
सल्यान २२ जेष्ठ । पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले १ सय आईसुलेसन बेड बनाउने निर्णय गरेको छ ।

बुधबार नगर कार्यापालिकाको बैठकले प्रभाकर माबी देवस्थल र बनगाड क्याम्पस बनगाड सुनौलीमा ५० /५० बेडको आइसोलेसन बेड निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिनु भएको छ । प्रमुख खड्काका अनुसार सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सबै भन्दा बढी भारत बाट आफ्ना नागरिक फर्किएकोले कोरोना संक्रमितलाइ राख्नको लागि आइसोलेशन बनाइने बताएको छ ।

प्रदेश सरकारले सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा १ सय बेडको आइसोलेशन बनाउने निर्णय गरेको थियो ।
बुधबार बसेको नगरकार्यपालिका बैठकले नगरमा प्रदेश सरकारको सहयोगमा १ सय आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी दिनुभयो ।

बन्गाडमा भेटिएका कोरोना संक्रमितहरुलाई सुर्खेत र रुकुम पश्चिमका अस्पतालले लिन नमानेपछि नगरपालिकाले आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको उहाँको भनाई छ । यस्तै क्वारेन्टाइनमा अपुग मात्रामा सुरक्षाकर्मी भएका स्थानमा नगरले स्वयम्सेवक यूवा परिचालन गर्ने निर्णय पनि गरेको छ ।अहिले नगरका करिब २५ वटा बिध्यालयमा बनाएको क्वारेन्टाइनमा १ हजार ५ सय २३ जना नगरमा एकैसाथ १५ सय बढी नागरिक भारत लगाएतका स्थानबाट फर्किएकाले ब्यबस्थापनमा समस्या भएको नगर उपप्रमुख मञ्जु यरीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी नगरपालिकाले निरन्तर रुपमा काम गरिरहेकाले हतोत्साहित नभई कोरोनाको मिलेर सामना गर्न सबैमा नगर उप प्रमुख मन्जु यरिले आग्रह गर्नु भएको छ ।

साथै नगरपालिकामा कोरोना संक्रमित बढदै गए पछि तत्काल नगरपालिकाको अति आवश्यक काम बाहेक अन्य बिकास निर्माणको काम रोक्ने निर्णय गरेको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित ४२ जना भेटिए पछि नगरपालिकाले अति आवश्यक काम बाहेक सबै काम रोकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताउनु भएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहीबार ०७:५४