
सल्यान – सल्यानको कालीमाटी गाउँपालिकाका ४२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाले भारतबाट आएका स्थानीयहरुको पीसीआर परिक्षण गर्दा उनिहरूकाे पीसीआर रिपोर्ट नेगेटिभ देखिएकाे गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले जानकारी दिनुभयो ।
पीसीआर रिपोर्ट नेगेटिभ आएका सबैलाइ आज घर पठाइएको छ । घरमा गएपनि सतर्कता अपनाउनु पर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बारे जानकारी सहित उहाँहरुलाइ घर पठाएको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो । यस्तै नेपालका विभिन्न स्थानमा मजदुरी गर्न गएका र केही भारत बाट आएका अन्य ९ जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएकाहरुलाइ पनि सावधानी अपनाउन अनुराेध सहित घर पठाइएको छ ।
यस्तै शुक्रवार मात्र ९२ जनाको स्वाब संकलन गरि परिक्षणका लागी दाङ पठाइएको गाउँपालिका उपाध्यक्ष सहनशीलता वलीले जानकारी दिनुभयो । गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका ९२ जनाको श्वाव संकलन गरि पठाइएको उहाँले जानकारी दिनुभयो । शनिवार पनि कालीमाटी गाउँपालिकाको घुइयाबारीमा रहेका दुइवटा क्वारेन्टाइनमा बसेकाहरु ६८ जनाको श्वाव संकलन गर्ने योजना रहेको उहाँले बताउनु भयो ।
यस गाउँपालिकामा हाल ९ वटा विद्यालयमा बनेका क्वारेन्टाइनमा भारतबाट आएका २ सय ८८ जना बसी रहेका छन् । भारतबाट अझैपनि पालिकावासी आउने क्रम जारी रहेकाले संख्या अझै बढ्दै जाने गाउँपालिकाले जनाएको छ ।
यसैबिच गाउँपालिका भित्र रहेका क्वारेन्टाइनमा बसेकाहरुका लागी ७० क्वीनटल चामल सहित खाद्यान्न गाउँपलिकाले खरिद गरि सकेको छ । क्वारेन्टाइनमा बसेकाहरुका लागी खाना र नास्ताका लागी आवश्यक पर्ने खाद्य सामाग्री गाउँपालिकाले एकमुष्ट खरिद गरेको हो ।
प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार १६:४०