
सल्यान ।जिल्लामा कृयाशील संस्था दलित विकास समाज सल्यानले सल्यानका दशवटै पालिकालाइ सहयोग रकम हस्तान्तरण गरेको छ । दलित बिकास समाज सल्यानले जिल्लाका दश वटै स्थानिय तहलाई दश÷दश हजार रुपैँया आर्थिक सहयोग गरेको जनाएको छ ।
कारेनाका कारण उत्पन्न समस्या लाई सहजिकरण गर्न प्रत्येक पालिकालाइ रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष निम बहादुर नेपालीले जानकारी दिनुभयो । संस्थाले सहयोग गरेको सानो रकमले पनि पालिकामा स्थापना भएको राहतकोषबाट थोरै भएपनि सहयोग पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
संस्थाले शारदा नगरपालिकाको कोषमा १० हजार रुपैया सहयोग गरेकोहो । समाजका अध्यक्ष निम बहादुर नेपालिले नगर प्रमुख सुरेश अधिकारी लाई चेक हस्तान्तरन गरि कोषमा सहयोग गर्नुभएको नगरपालिकाले जनाएको छ ।
चेक बुझ्दै नगर प्रमुख अधिकारिले सहयोग गर्ने दलित विकास समाज लाई धन्यवाद दिदै अन्य दाता हरुसङ्ग पनि सहयोगका लागि आव्हान गर्नुभयो ।
यस्तै डिडिएस सल्यानले बन्गाड कुपिण्डे नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत कोषमा आर्थिक सहयोग गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको राहत कोषमा जम्मा हुने गरी १० हजारको चेक हस्तान्तरण गरेको डिडिएसका प्रतिनिधि द्रोण यरीले जानकारी दिनुभयो । नगर उपप्रमुख मञ्जु यरी र प्रमुख प्रशासकिय अधिकृत मोहन खड्कालाई सो चेक हस्तान्तरण गरिएको हो। सो रकमले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुग्ने उपप्रमुख यरीको भनाइ छ ।
प्रकाशित मिति: २५ जेष्ठ २०७७, आईतवार २०:१९