
इन्द्र बुढाथोकी
सल्यान २७ जेष्ठ
भारतका विभिन्न ठाउँबाट आई क्वारेनटिनमा बसेका बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकाका २ सय १४ जना घर फर्किएका छन् । जेठ ५ गतेदेखि क्वारेनटिनमा बस्दै आइरहेका र पीसिआर रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको नव ज्योती माबी बाबियाचौरबाट ३५ जना, भेरी आधारभूत गरा बाट ४२ जना, जनता प्रावी आमखोलीबाट ८५ जना र कुमाख गाउपालिकाको नारायण माध्यमिक विद्यालय रुमाल गाउँबाट २ जना, गुरुदासे माध्यमिक विद्यालय बाट ९ जना, जनकल्याण माध्यमिक विद्यालय बडागाउँ कोट बाट ११ जना, स्वरस्वती माध्यमिक विद्यालय झारकाडा बाट ९ जना, भेरी माध्यमिक विद्यालय टाट्के बाट १३ जना गरि जम्मा २ सय १४ जना क्वारेन्टिनमा बस्दै आइरहेका थिए ।
बनगाड कुपिण्डे नगरपालिकाले पिसिआर रिपोर्ट नेगेटिभ आएपछि पुन १ सय ६२ जनाको आरडिटी गरेर घर पठाएको छ । आरडिटी रिपोर्टमा एक जनाको सङ्कासपत आएको कारण उसलाई पुन पिसिआर गरिने नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेल जानकारी दिनु भएको छ ।
विदाइ कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका मेयर गोविन्द कुमार पुनले २ हप्ता सम्म होम क्वारेन्टिइन बसन आग्रह गर्नु भएको छ । साथै जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा रहिराख्न आग्रह गर्नु भएको छ । गाउघरमा हुने कुनै प्रकारका गतिविधि नगर्न र कोरोना सम्बन्धि सबैले जनचेतनामूलक सन्देश दिन सबैमा अनुरोध गर्नु भएको छ ।
हाल सम्म सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सय २४ दार्मागाउपालिकामा ९ जना, कुमाख गाउपालिकामा २ जना र कपुरकोट गाउपालिकामा १ जना गरि जम्मा १ सय ३६ जना कोरोना संक्रमित भएका छन ।
प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलवार १८:१४