बस्ती नभएको निजि जग्गामा बाटो निर्माण हुदै: ‘भौतिक पुर्वाधार तथा बिकाश मन्त्रालयको २५ लाखको बजेट ’

वीरगन्ज,२९ जेठ ।

वीरगन्ज महानगरपालिका —१५ नयाँबस्तीको शिरोमणी नगरमा व्यतिmगत निजि जग्गामा भाउ बढाउनका लागी मन्त्रालयको बजेटमा बाटो निर्माण भईरहेको खुलेको छ ।

प्रदेश २ का भौतिक पुर्वाधार तथा बिकाश मन्त्रालयको बजेटमा वीरगन्ज केहि व्यतिmले निजि जग्गाको गरेको प्लटिंगमा ग्राभेल बाटो बन्न थालेको हो । भौतिक पुर्वाधार तथा बिकाश मन्त्रालय अन्तर्गतको चालु आर्थिक बर्ष २०७६÷०७७ मा २५ लाखको बजेटमा बस्ती नभएको ठाँउमा निजि जग्गाको रेट बढाउनका लागी ग्राभेल बाटो संगै ढलान निर्माण हुन थालेको स्थानीयबासीले बताएका छन ।

तत्कालिन समाजवादी पार्टीका कार्यकर्ता उतम साहको अगुवाईमा निजि जग्गालाई प्लटिंग मार्फ बिक्री दर बढाउन भौतिक पुर्वाधार तथा बिकाश मन्त्रालयको बजेटमा काम भईरहेको स्थानीयबासीहरुको भनाई छ । प्रदेश २ का भौतिक पुर्वाधार तथा बिकाश मन्त्री जितेन्द्र सोनलले कमिशनका लागी सतारुढ दलका कार्यकर्ता भएकै निजि जग्गामा प्रदेश सरकारको बजेट छुटयाएको वीरगन्ज १५ का स्थानीयबासी बताउँछन ।

स्थानीयबासीका अनुसार प्रदेश २ का भौतिक पुर्वाधार तथा बिकाश मन्त्री सोनलले आफुलाई फाईदा हुने र कमिशन पाउने ठाँउमा बिना अनुगमन निरिक्षणको भरमा पार्टीका कार्यकर्तालाई बजेट चलाउन दिएको वीरगन्ज १५ का स्थानीय जितेन्द्र साहले आरोप लगाएका छन । जनताले आफ्नो मेहनतको कमाईबाट तिरेका करलाई मन्त्री जस्तो व्यतिmले कमिशनको भरमा व्यतिmगत फाईदाका लागी बजेट छुटाएकाले उनीहरु आक्रोशित भएका छन । निजि जग्गामा बस्ती बनाउन प्रदेशको बजेट बस्ती नभएको निजि जग्गामा ग्राभेल बाटो ढलान निर्माण उपभोतmा समितिका अध्यक्ष उतम साहको पनि जग्गा रहेको छ ।

अध्यक्ष साहले सडक ग्राभेल र ढलान निर्माण गरेर आफ्नो प्लटिंग भएको जग्गा बढिमा बिक्रि गर्नेका लागी प्रदेश सरकारको बजेटमा काम गर्ने थालेको उनी निकट व्यतिmहरुले बताएका छन । अध्यक्ष साहको ग्राभेल बाटो र ढलान निर्माण गरेको ठाँउमा केहि कटठा् जग्गा रहेकाले त्यसको बिक्री दर बढाउनका लागी धमाधम निर्माण कार्यलाई तिव्रता दिएको पाईएको छ । वडा कार्यालयका अनुसार उपभोतmा समितिका अध्यक्ष साह केहि साता अगाडी प्रदेश सरकारको भौतिक पुर्वाधार तथा बिकाश मन्त्रालयको बजेटमा निजि जग्गामा ग्राभेल सहितको बाटो र ढलान निर्माणका लागी सिफारीस गराएको जनाएको छ ।

भौतिक पुर्वाधार तथा बिकाश मन्त्रालयको बजेट बिकाशका लागी आएकाले उपभोतmा समितिको नियमावलीमा वडा कार्यालयको सिफारीस गरीएको जानकारी भएको वडा नम्बर १५ का निलम्बीत वडाअध्यक्ष गजेन्द्र पटेलले जानकारी दिए । उनले आफ्नै वडामा अन्य पार्टीका नेता कार्यकर्ताले बाटो र नाला निर्माणका लागी बजेट ल्याएपछि कार्यबाहक वडाअध्यक्ष छोलेलाल साहले तोक लगाएर पठाएको बताए ।

बस्ती नभएको ठाँउमा २५ लाखका बजेट प्रदेश २ का भौतिक पुर्वाधार तथा बिकाश मन्त्रालयले वीरगन्ज महानगरपालिकाको घना बस्तीमा आवश्यक रहेको ठाँउमा ग्राभेल ढलान सडक नबनाएर मनोमानी निजि जग्गामा बजेट छुटयाएको पाएको छ । नगरकै विभिन्न स्थानको टोलबस्तीमा बाटो ढलान आवश्यक भएपनि आफ्नो निकटका व्यतिmलाई फाईदा गराउन बस्ती नभएको ठाँउमा २५ लाखको बजेट छुटयाएको पाएको हो । पार्टीका कार्यकर्ता भएका व्यतिmको निजि जग्गामा पनि प्रदेश सरकारका मन्त्रीहरुले बजेट छुटयाएर भष्ट्रचार गरीरहेको अर्को स्थानीय रंदीप साहले आरोप लगाए । प्रदेशका भौतिक पुर्वाधार तथा बिकाश मन्त्री सोनलले आवश्यक भएको ठाँउमा ढलान बाटो नबनाएर आफ्ना फाईदाका लागी मनोमानी निजि जग्गामा बजेट छुटाएकोमा उनले दुख व्यतm गरे । उनले व्यतिmको निजि जग्गामा प्रदेशको बजेट छुटाएर फाईदा गराएकाले खुल्लेयाम मिलोमतोमा भ्रष्ट्रचार भईरहेको पुष्टि भएको बताए ।

बाटो नाला निर्माणमा माटो मात्र खस्यो निजि जग्गामा ग्राभेल सडक र ढलान निर्माणका कार्य तिव्र रुपमा भएपनि हालसम्म माटो मात्र खसेको फेला परेको छ । करिब दुई साता अगाडी सुरु भएको निर्माण कार्यमा हाल बाटो निर्माणका लागी माटो मात्र खसेको ग्राभेल सडक ढलान निर्माण उपभोतmा समितिले जनाएको छ । भौतिक पुर्वाधार तथा बिकाश मन्त्रालयको २५ लाखको बजेटमा सुरु भएको निर्माण कार्य केहि दिनमा सकिने ग्राभेल सडक ढलान निर्माण उपभोतmा समितिका अध्यक्ष उतम साहले बताए । उनले आफ्नो निजि जग्गा नभएपनि बाटो नक्सामा काटिएकाले ग्राभेल सडक सहितको ढलान निर्माण कार्य अगाडी बढाएको बताए । ‘मैलै निजि जग्गामा बाटो ढलान गर्नेका लागी माटो खसाएको छैन ,उनले भने,‘ बस्तीमा जाने जग्गाको नक्सामा सडक पास भएकाले निर्माण कार्य गर्ने थालिएको बताए ।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहीबार १२:२९