
प्रचण्ड खत्री / रुकुम पश्चिम्
रुकुम पश्चिमको चौरजहारि नगरपालिका वडा नम्बर सोति गाउँमा भएको घटनामा सङ्लग्न २५ जना आरोपित पक्राउ परेका छ्न भने बुधबार मात्र रुकुम पश्चिम् जिल्ला प्रहरी कार्यलयको विशेष टोलिले चौरजहारी नगरपालिका ८ का २४ बर्सिय सबिन पुन २० बर्सिय बिष्णु मल्ल र २१ बर्सेनि घमण्ड मल्ललाई राती गाउँमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ ।
चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष डम्बरबहादुर मल्ल सहित यश अघि २५ जनालाई र बाकी ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी उपरीक्षक ठग बहादुर के सिले बताए । बाकी ३ जनालाई गाउँमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक के सिले बताए ।
गत जेठ १० गत्ते नगरपालिकाको सोति गाउँमा प्रेम बिबाहका लागि केटि लिन आएका जाजरकोट भेरी नगरपालिका ४ का नबराज बि क सहित ६ जनाको हत्या भएको थियो। अन्तरजातीय सबन्धका कारण केटि लिन आएका युबालाई हत्या गरिएको भन्दै उनिहरु पक्राउ गरिएको बताएको छ ।
प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहीबार १५:१७