नेपाली सेनाद्वारा क्यान्सर पिडितलाई रक्तदान

रमेश कुमार वली
सल्यान, २९ जेठ । नेपाली सेनाद्वारा क्यान्सर पिडित महिलालाई रक्तदान गरिएको छ । नेपाली सेनाको सबुज गण सल्यानमा कार्यरत दुई जनाले विहिबार सल्यान अस्पतालमा ओ पोजेटिभ ग्रुपको रगत दान गर्नुभएको हो ।
लामो समयदेखि क्यान्सरबाट पिडित शारदा नगरपालिका वडा नं. १ निवासी २२ बर्षिया आस्था विकलाई सवुजगणमा कार्यरत गोकर्ण खड्का र सुरज श्रेष्ठले २ पौण्ड रक्तदान गर्नुभएको हो । उहाँहरुले आवश्यक परेको खण्डमा पुन रक्तदान गर्न प्रतिवद्ध रहेको जानकारी दिनुभएको छ ।
नेपाली सेनाले यस अघि पनि सल्यान अस्पतालमा रगत आवश्यक पर्ने विरामीहरुलाई रक्तदान गर्दै आएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहीबार १५:५७