
शारदा नगरपालिकाका भारत र तेस्रो मुलुक बाट घर फर्किएका १ सय ८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । तेस्रो चरणमा पिसिआर परिक्षण गरिएका १०८ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
यस अघि क्वारेन्टाइनमा बसेका नगरवासीहरुको पहिलो चरणमा १ सय ११ र दोस्रो चरणमा १ सय ३१ गरि २ सय ४२ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाइ कम्तिमा १० दिन होम क्वारेन्टाइनमा बस्नेगरी घर पठाइ सकिएको थियाे छ । नेगेटिभ रिपोर्ट आएका हरुलाइ विहिबार घर पठाइने नगरप्रमुख सुरेश अधिकारीले बताउनुभयो । पहिलो चरणको दाङ्ग स्थित राप्ती विज्ञान प्रयोगशाला, दोस्रो चरणको चितवन स्थित प्रयोगशाला र तेस्रो चरणको हेटौडा स्थित प्रयोगशालामा पिसिआर टेस्ट गरिएको हो।
नगरले स्थापना गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३५० जनाको पिसिआर टेस्ट गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । अझै दुई दर्जन नगरवासीहरु क्वारेन्टाइनमा रहेको र उनिहरुको स्वाब संकलन गरी चाडैँ नै परिक्षणका लागि पठाईने नगरपालिकाले जनाएको छ ।
यसैविच दार्मा गाउँपालिकाका १ सय ८४ जनाकाे पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
गएको जेठ ३० गते स्वाव संकलन गरी जेठ ३१ गते टेकु काठमाडौं पठाएर ३२ गते बिहान दर्ता भएको दार्मा गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका सबै १ सय ८४ जनाको कोरोना नेगेटिभ रिपोर्ट आएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो ।
हामी सबैलाई बधाई छ।
यस प्रक्रियामा उच्च जोखिम मोलेर swab संकलन गर्ने र swab बोकेर काठमाडौं पुग्ने दार्मा गाउँपालिकाका ल्याब टेक्निसियन लोकेन्द्र रावत, एम्बुलेन्स ड्राइभर तुलसी बुढाथोकीलाई विशेष धन्यवाद ज्ञापन गर्दछु।
समन्वय, परामर्श र सहयोग गर्ने डा प्रदीप हमाल ,डा अर्जुन बुढा र नारायण दाहाल सरलाई विशेष धन्यबाद ज्ञापन गर्दछु।
अहोरात्र खटेर काम गर्ने स्वास्थ्य शाखा प्रमुख तथा दार्मा गाउँपालिका कोरोना फोकल पर्सन यज्ञ बस्नेत र टिम, प्रमुख प्रशासकीय अधिकृत अमृत खड्का लगायत सबै कर्मचारी/जनप्रतिनिधि साथीहरुलाई हार्दिक धन्यवाद छ।
हामीले अझै कोरोनाका विरुद्ध विजय हासिल गर्न कठिन यात्रा गर्नु नै छ, सतर्कतापूर्वक उच्च मनोबल लिएर योजनाबद्ध रुपमा अघि बढौं।
खैरावाङ भगवतीले हामी सबैको रक्षा गरुन ।।।
प्रकाशित मिति: ४ असार २०७७, बिहीबार ०६:१०