
सल्यान ।
सल्यानको शारदा नगरपालिकाले कोरोना भाइरस कोभिड १९ लाई जिल्लामा नगरपालिका भित्र महामारीको रुपमा फैलिन नदिन आफुहरु निरन्तर लागिपरेको जनाएको छ । शुक्रबार शारदा नगरपालिकाले कोभिड –१९को अवस्था र स्वास्थ्य चुनौतीका विषयमा पत्रकारहरुसंग छलफल गरि आफुहरु यसलाई नगरपालिकामा फैलन नदिन हरतरहले लागिपरेको नगरपालिकाले जनाएकाे हो ।
सल्यानको शारदा नगरपालिकाले कोरोना रोकथाम र स्वास्थ्य चुनौतीका विषयमा आफुले कुनै कसर बाँकी नराख्ने जनाएको छ । यस नगरपालिकाले आप्mना नगरवासीलाइ मात्रै नभइ अन्य पालिका र जिल्लाबाट आएकाहरुलाइ समेत क्वारेन्टाइन र आइसुलेसन मार्फत सेवा प्रदान गरेको शारदा नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो ।
जिल्लाका अन्य पालिकामा कोरोना संक्रमितहरु भेटिएपनि शारदा नगरपालिकामा भने अहिले सम्म कोरोनाका संक्रमितहरु देखिएका छैनन् । नगरपालिकामा अहिले सम्म पिसिआर जाँच भएका सवैको रिर्पोट नेगेटिभि देखिएको छ । तरपनि जोखिमको अवस्था कम नभएकाले बैदेशिक रोजगारी बाट आएकाहरुलाइ क्वारेन्टाइनमा राख्ने काम नगरपालिकाले हाल सम्म पनि गरि रहेको छ । शारदा नगरपालिकाका सिनियर अहेब अधिकृत रविन विष्टले जानकारी दिनुभयो ।
हालसम्म यस जिल्लामा १ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । तर संक्रमण बाट कसैको मृत्यु भने भएको छैन । यस जिल्लमा ३ हजार,८ सय,४४ जनाको पिसीआर परिक्षण भएको र बाँकीको पीसीआर गर्न समस्या भएको सल्यान अस्पतालका डाक्टर भिमकान्त जैशीले बताउनुभयो ।
जिल्लामा स्थानीय सरकारले थालेको कोरोना न्युनिकरण अभियानमा पत्रकारहरुले पनि भुमिका खेली रहेको पत्रकार महासंघ सल्यानले जनाएको छ । महासघका अध्यक्ष प्रतिक शर्माले कोरोनाका नाममा भ्रष्टाचार मौलाउँछ कि भन्ने जनताको आम चासोको विषय भइ रहेकाले यस नगरले कोरोना सम्बन्धी गरेका कृयाकलापलाइ पारदर्शी नाउन आग्रह गर्नुभयो ।
शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शारदा नगर पालिका प्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शारदा नगर उप प्रमुख सावित्रा बस्नेत,स्वस्थ्यकर्मी,पत्रकार लगायतको सहभातिा रहेको थियो ।स्वास्थ्यकर्मी विरेन्द्र हमालाले संचालन गरेकोे कार्यक्रममा सहभागी पत्रकारहरुलाइ फिल्ड रिपोर्टिगमा सहज होस भनेर सेनिटाइजर र मास्क समेत वितरण गरिएको थियो ।
प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार १७:१२