कोरोना संक्रमित बढ्दै गएपछि सल्यानका तीन स्थानीयतहमा आइसोलेसन निमार्ण कार्य तिव्र

इन्द्र बुढाथोकी, सल्यान ।

सल्यानका स्थानीय तहहरुले आइसोलेसन निमार्ण कार्यलाई तिव्रता दिएका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले आइसोलेसन निमार्णलाई तिव्रता दिएका हुन ।बनगाड कुपिण्डे नगरपालिकाले एक सय, कपुरकोट गाउँपालिकाले ५० शैयाको आइसोलेसन निमार्ण गरेका छन् ।

बनगाड नगरपालिकाले श्री प्रभाकर माध्यमिक विद्यालयको भवनमा अस्थायी एक सय शैयाको आइसोलेसन निमार्ण गरेको छ भने कपुरकोट गाउँपालिकाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमचौरमा ५० शैया र दार्मा गाउँपालिकाले जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा ३५ शैया आइसोलेसन निमार्ण गरेका छन् ।

सम्भावित कोरोना संक्रमितको उपचारलाई प्रभावित हुन नदिन स्थानीय तहरुमा आइसोलेसन निमार्ण गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयाे । बनगाड नगरपालिका र कपुरकोट गाउँपालिकाले आइसोलेसन निमार्ण सम्पन्न गरेको बताए कोरोना संक्रमितहरुलाई उपचारको सहजताका लागि प्रदेश सरकारको कोषबाट बजेट विनियोजन भई स्थानीय तहहरुमै आइसोलेसन निमार्ण गरिएको उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयाे कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा उपचारमा समस्या नहोस भनेर आइसोलेसन निमार्ण गरिएको छ । यस अघि जिल्ला विपद् व्यवस्थापन समितिले शारदा नगरपालिकाको सल्यान बहुमुखी क्याम्पसमा एक सय शैया र स्वास्थ्य कार्यालय सल्यानले अस्पतालमा २५ शैयाको आइसोलेसन निमार्ण गरी सकेका छन् । जिल्ला भर २ सय ७५ शैया को आइसोलेसन निमार्ण भएको छ ।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार १८:१९