जाजरकोटकाे शिवालय जाने सडक खन्दा सिम्ताकाे एक विद्यालयको भवन जोखिममा

 इन्द्र बुढाथोकी

असार ९ सल्यान

सुर्खेत सिम्तागाउपालिका वडा न १ को श्री भगवती मावी गान्दाको फिल्डमा सुख्खा पहिरो गएको छ । ५ कोठे भवन बनाएको फिल्डमा पहिरो गएको छ ।

जाजरकोट शिवालय गाउपालिका वडा न २ को लैकडा जाने सडक बिध्यालयको नजिकै बाट खन्दा पहिरो जादा बिध्यालय जोखिममा परेको छ । २०६३ सालमा बनाएको ३ कोठे पक्की भवन र २०६४ सालमा बनाएको २ कोठे जस्तापाताले बनाएको भवन अहिले जोखिममा परेको स्थानीय मदन रानाले जानकारी दिनुभयाे ।

उक्त भवन जोखिममा पर्दा ८० लाख बराबरको क्षेती हुने अनुमान गरिएको छ । उक्त सडक निर्णय गर्ने उपभोक्ताले बिध्यालमा मेसिनरी वाला लगाइदिने भने पनि लगाउदै गर्दा पहिरो आएको र भवनको जगमा असर गरेको रानाले बताउनुभयाे। बिद्यालयको घेरबार सहित बिध्यालयको भवनमा असर परेको छ ।

प्रकाशित मिति: ९ असार २०७७, मंगलवार ०९:१९