
सल्यान ।
सल्यानमा लैंगिक हिंसा व्यवस्थापन समिती गठन भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलको अध्यक्षतामा ७ सदस्यीय समिती गठन भएको हो ।
नवगठित समितीमले जिल्लामा हिंसामा परेका पिडितहरुका लागी समन्वयकारि भुमिका खेल्ने छ । विभिन्न कारणले हिसामा परेका महिला तथा बालबालिकाहरुलाई जिल्ला स्थित सल्यान अस्पतालमा रहेको एकद्वार संकट व्यस्थापन केन्द्र बाट सेवा दिइने अस्पतालका प्रतिनिधि रिखाराम पुनले जानकारी दिनुभयो ।
यस्तै लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्वस्थापन केन्द्र स्थापना गरि हिसा पिडीत तथा प्रभावित व्क्तीहरुलाई स्वास्थ्य उपचार तथा अन्य आवश्क सेवाहरु एकद्वारबाट उपलब्ध गराउने व्यवस्था मिलाई लैंगिक हिंसा नियन्त्रणमा योगदान पुग्ने विश्वास लिइएको छ ।
हिंसा पिडितहरुलाइ स्वास्थ्य उपचार,चिकित्साजन्य प्रमाण्न संकलन एवं संरक्षण ,मानसिक एवं मनोसामाजिक परामर्श, सुरक्षा, आश्रय, कानुनी उपचार,पुनःस्थापन लगायतका सेवा प्रदान गरिने छ ।
।लैंगिक हिंसा पिडित एकल महिला,अपांगता भएका महिला,बालबालिका वा जेष्ठ नागरिक,हिंसाको जोखिममा रहेका बेवारिसे एवं शारीरिक तथा मानसिक रुपले अशक्त मअिला तथम बालबालिका ,मानव बेच बिखन तथा ओसार पसारमा परि हिंसामा परेका महिला तथा बालबालिकाहरुलाइ मात्र यस्तो व्यवस्था रहेको जनाइएको छ ।
प्रकाशित मिति: १० असार २०७७, बुधबार २२:१६