सात बर्ष सम्म पनि बनेन चाैरजहारी जाजरकाेट जाेड्ने पुल

प्रचण्ड खत्री

रुकुम पश्चिम

रुकुम पश्चिमकाे चौरजहारी र जाजरकोटकाे कुदु जोड्ने पुल निर्माणको काम थालेको ७ बर्ष बितीसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । ७ बर्ष सम्म पुलको काम २० प्रतिशत पनि नभएकाे स्थानीयले बताएका छन ।

मध्य पहाडी लोकमार्गलाई नेपाल सरकारले राष्ट्रियगौरबको आयोजनाको रुपमा लिएकाे भएपनि मध्यपहाडी लोकमार्ग अन्तर्गतको पुल निर्माणको काम भने ७ बर्ष सम्म पनि बन्न सकेकाे छैन । स्थानीय खिम बहादुर रानाका अनुसार ठेकेदार कम्पनीले केहि बर्ष सम्म १/२ पटक आयर काम गरेजस्तो गरेतापनि अहिले सम्म काम सम्पन्न गरेकाे छैन ।

पुल निर्माणको ठेक्का वाईपी कन्ट्रक्सनले लिएकाे छ । ठेकेदारकाे ढिलासुस्ती र लापरबाही कारण पुल निर्माणमा ढिलाइ भएकाे हाे । जसका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत यात्रा गर्ने मानिसलाई अफ्ठारो परेको छ । मध्य पहाडी लोकमार्ग अन्तरगत भेरी नदि यताको रुकुम पश्चिम खण्ड र जाजरकोट खण्ड सडककाे स्तरबृदीकाे काम सकिएता पनि लोकमार्गबाट सिधा यातायात संचालन हुन् नसकेको जाजरकोकाे कुदुका स्थानीय राम बहादुर गिरीले बताउनुभयाे ।

सडकको काम सकिएता पनि पुल निर्माण नहुदा सडक उपयोग बिहिन बनेको छ । ९८ मिटर लामो पुल निर्माणका लागि १५ करोड रुपैँयामा सम्झौता भयको थियो । वाईपी कन्ट्रक्सनका ईन्जिनियर तुलाराम शर्माले गलत डिजाईन र इस्टिमेटका कारण काममा ढिलाइ भएकाे दावी गर्नुभयाे ।  निर्माण कार्य गर्न ठेकेदारले अहिले सम्म ताकेता नगरेको उहाँले बताउनुभयो । ३ बर्ष भित्र निर्माण गरिसक्ने पुल ठेकेदारका कारणले अहिले सम्म पटक पटकमा कामको म्याद थपेपनि बन्न नसकेकाे हाे ।   कुदु साईटको निर्माण गर्दा नदीमा पानीको मात्रा धेरै भयको तर काम गर्ने औजारका अभाबका कारण काम पनि रोकिएको ईन्जिनियर शर्माले बताउनुभयाे । अर्काे असार सम्म निर्माण सम्पन्न गर्ने ठेकेदारकाे याेजना छ ।  नगरपालिकाका प्रमुख बिशाल शर्माले आफुले यो पुलको निर्माण कार्य समयमै सक्नकाे लागी धेरै पटक पहल गरेपनि सुनुवाई नभयको बताउनुभयाे ।

प्रकाशित मिति: १३ असार २०७७, शनिबार १२:४६