
सुर्खेत– कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस कोभिड– १९ पुष्टि भएपछी संक्रमितको संख्या १ हजार ४ सय ४३ पुगेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट मंगलबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना र बाँकेका एकजनामा जुम्लामा भएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो । यस्तै, डोलप्पा र कालीकोटका दुईरदुईजनामा नेपालगञ्जमा भएको परीक्षणबाट संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
कर्णालीबाट पछिल्लो २४ घण्टामा ८ जना महिलासहित ७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १०७२ पुगेको छ भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: १६ असार २०७७, मंगलवार १६:२२