रूकुममा चिर्पट प्रहार गरी पतिकाे हत्या

प्रचण्ड खत्री / रुकुम

रुकुम पूर्वमा एक जना महिलाले आफ्नै पतिकाे हत्या गरेकी छन् ।

सिस्ने गाउपालिका २ का २६ बर्षिय बिछोड बिकलाई उनकै पत्नीले हत्या गरेकाे प्रहरीले जनाएकाे छ । पत्नी रेश्मा बि कले दाउराको चिर्पटले हान्दा उनकाे ज्यान गएकाे हाे ।

पारिवारिक विवादका कारण  मंगलबार राति ११ बजे बिछोडलाइ पत्नीले दाउराको चिर्पटले टाउकोमा हानेको र उनकाे ज्यान गयको वडा अध्यक्ष जिबन के सीले बताए । बुधबार बिहान मात्र घटनाबारे खबर पाएपछी प्रहरीलाई खबर गरेको वडा अध्यक्ष केसिले बताए । चिर्पट प्रहारबाट उनकाे टाउको, नाक र मुखबाट रगत बगेर ज्यान गएको हुन् सक्ने प्रहरीले जनाएकाे छ  ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा जिल्लाबाट प्रहरी टाेली घटनास्थलमा पुगेर रेश्मालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: १७ असार २०७७, बुधबार १५:३०