बनगाड कुपिण्डे नगरपालिका ३ मा लिफ्ट खानेपानीको शिलान्यास

 इन्द्र बुढाथोकी

असार १७ सल्यान

बनगाड कुपिण्डे नगरपालिका वडा न ३ मा लिफ्ट खानेपानीको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख गोविन्द कुमार पुनले शिलान्यास गर्नु भएको छ । साे अवसरमा उहाँले नगरपालिका डाडाकाडाका बस्तीहरुमा विस्तार विकासले गति लिन लागेको र नगरका गौरवको योजनाहरु अगाडि बढाइने उहाले बताउनु भयाे । अब नगरपालिका डाडाहरुको बस्तिहरुमा विस्तारै खानेपानीको समस्या हटने नगर प्रमुख पुनले बताउनु भयाे ।

मुलाखोला खेतगारा किमटाकुरा मेलटाकुरा खानिगाउ बरापोखरा लिफ्ट खानेपानीन ३ करोड ७७ लाख लागत अनुमान गरिएको उक्त खानेपानी जि यु पि कन्स्ट्रक्सन काठमाडौले ३ करोड ५४ लाखमा काम गर्ने गरि सम्झौता गरेको छ । एक वर्षमा सम्पन्न गर्ने गरि आयोजना गरिएको लिफ्ट खानेपानी ६ महिनामा सम्पन्न गरि सक्न्ने लक्ष्य लिएको निर्माण व्यवसायी विश्व जोसिले जानकारी दिनुभयाे ।

गुणस्तरीयकाम।गर्ने र त्यसो नभएमा उपभोक्ता आफैले त्यसमा खबरदारी गर्ने समेत निर्माण व्यवसायी जोसिले बताउनु भयाे । संघ सरकारको ५० लाख, प्रदेश सरकारको ५५ लाख, नगरपालिकाको ५० लाख र आर्थिक वर्ष २०७७/०७८ सालको नगरपालिकाबाट २ करोड २० लाख गरि जम्मा ३ करोड ७७ लाखमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा योजना निर्माण गरिने इन्जिनियर महेश देवकोटाले बताउनुभयाे ।

१ सय ७६ घरधुरी रहेकोमा १ हजार १ सय जनसंख्या बिध्यालय लाभान्वित हुने बताएको छ नगरपालिका ३ न वडाको ५ वटा टोल खेतगारा, खानिगाउ, मेल्टाकुरा, किमटाकुरा, बरापोखरा गारी ५ टोलका मानिस लाभान्वित हुने भएका छन । वर्षौं देखि खानेपानी समस्या भौग्दै आएका स्थानीय बासी अब खानेपानी बन्ने भएक पछि खुसी भएका छन । ६९ किलोवाटको सोलार सिस्टमबाट ४ सय २ मिटर लामो दुरिको लिफ्ट खानेपानी ४ वटा ट्याङ्की हुने बताइएकाे छ ।

प्रकाशित मिति: १७ असार २०७७, बुधबार २१:४०