वीरगन्जमा नागरिकता बिधयेक विरुद्ध प्रदर्शन

वीरगन्ज ।

नागरिकता बिधयेकको बिरुद्धमा बीरगंजमा बिदार्थीहरुले आज प्रर्दशन गरेका छन । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन राष्ट्रिय विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस ईकाइ कमिटीले बिहीबार बीरगंजको घण्टाघरमा हातमा प्लेकार्ड लिई बिरोध प्रर्दशन गरेका हुन ।

क्याम्पस इकाइ कमिटीका अध्यक्ष हरेन्द्र साहको अगुवाइमा भएको बिरोध प्रदर्शनमा जब सम्म मधेसको सभ्यता मधेशको संस्कृति माथी अत्यचार भईरहन्न्छ तब सम्म हाम्रो संघर्ष जारी रहने उनीहरुले बताएका छन । बिदेश महिलासंग बिबाह भएको ७ बर्ष पछि मात्र वैबाहिक नागरिकता दिने सरकारको मधेश बिरोधी निर्णय रहेकाले बिरोध गरिएको उनले बताए ।

विरोध कार्यक्रममा प्रदेश सभा सदस्य जनत अन्सारी , करिमा बेगम, भिमा यादव, केन्द्रिय सदस्य रम्भा मिश्रा , मुनि श्रीवास्त्व , जिल्ला अध्यक्ष रामनरेश यादव , बरिस्ठ नेता रामचन्द्र पन्डित, विद्यार्थी नेताहरु सरोज यादव, मनोज यादव, एजाजबाबु राकी ,मनमोहन पान्डे, जिल्ला सदस्य नुराआलम, १३ वडा अध्यक्ष तुफान फारुख अन्सारी, कुन्दन सिंह लगायतको सहभागीता रहेको थियोे ।

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार १०:१३