बनगाडमा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगारमा ८ सय ६० जनाले रोजगारी पाए

 इन्द्र बुढाथोकी,

सल्यान । सल्यानका युवाहरु प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट रोजगार बन्दै जान थालेका छन् । कोभिड १९ का कारण बेरोजगार बनेका युवाहरु प्रधानमन्त्री र मुख्यमन्त्री कार्यक्रम सञ्चालन भएसँगै रोजगार बनेका हुन । स्थानीय तहको समन्वयमा सञ्चालित यस कार्यक्रमले बेरोजगार र कोरोनाका कारण थप मारमा परेकालाई रोजगारी सिर्जना गरेको छ ।

कार्यक्रमले कोरोनाले रोजगार गुमेकालाई राहत मिलेको स्थानीयले बताएका छन । बनगाड कुपिण्डे नगरपालिकामा प्रधानमन्त्री रोजगार ७२ लाख बजेट आएको र त्यसमा नगरपालिका १२ वटै वडाका ५ सय नागरिकले रोजगारी पाएको बनगाड कुपिण्डे नगरपालिका रोजगार सयोजक भिम पुनले बताउनु भएको छ ।

सडक सिचाइ फिल्ड निर्माण जस्ता कामहरू गरेको उनलेे बताए । मुख्यमन्त्री रोजगार कार्यक्रममा ६४ लाख बजेट आएको र त्यसमा ३ सय ६० जनाले रोजगार पाएको र जिल्ला भित्रका पालिकाहरु बाट सिधै प्रदेश राजधानी जोड्ने नाथेखोला राउछे छापाडाडा सडकमा काम गरेको रोजगार सयोजक पुनले बताउनु भएको छ । उनले भने लामो समयमो बन्दाबन्दीका कारण रोजगारी गुमेका युवाहरुका लागि मुख्यमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी भएको छ ।

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार १४:०१