
काठमाण्डाै ।
बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरोले १७ घर पुरिएको स्थानीय बासिन्दाले बताएका छन् । गएराति खसेको पहिरोले के कति क्षति पुग्यो भन्ने विस्तृत विवरण आइसकेको छैन ।
स्थानीयबासिन्दाले खबर गरेपछि प्रहरीको टोली अहिले घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पानी पर्न कम भए पनि पहिरो खसेको ठाउँमा नेटवर्कले राम्रोसँग काम नगरेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
घटनास्थल पुग्न जयपृथ्वी राजमार्ग अन्तर्गत झोता भन्ने ठाउँबाट गाडीमा झण्डै ५ घण्टा लाग्छ ।
प्रकाशित मिति: २० असार २०७७, शनिबार ०९:१०