
सल्यान ।
देवस्थल सल्लीबजार कैनडाडा चौरजाहरी डोल्पा सडक अवरुद्ध भएको छ । वर्षा लागे सङ्गै उक्त सडक अवरुद्ध भएको हो । शनिबार राती परेको अविरल वर्षाका कारण कुमाख गाउपालिका वडा न २ खारखोलामा सडकमा पुरै खोला आउदा सडक खोलाले बगाउदा सडक अवरुद्ध भएको छ ।
खारखोलाको खोलामा सधैका वर्ष झै यस वर्ष पनि वर्षा लागे सङ्गै फेरि खोलाले बगाएको छ । भने सडक बिभाग दाङ्ले लगाएको १ सय घनमिटर जाली समेत बगाएको छ । अहिले उक्त सडकमा बाइक समेत हिड्ने अवस्था छैन । सडकको ट्रयाकखोले १४ वर्ष हुदा समेत स्तर वृद्धिको काम नहुदा समस्या भएको छ । नेताहरूले यस बाटोमा खासै ध्यान नपुर्एका कारण समस्या भएको छ । रुकुम पश्चिमका जाने नागरिक अहिले जाजरकोटको बाटो भएर घर जाने गर्दछन ।
संघीयता आउनु सडक बाधक
यस सडकमा संघीयता आए सङ्गै बजेटमा पर्नेमा ओझेलमा परेको छ । उक्त सडकमा सडक डिभिजन कार्यालय दाङले हेर्दै आएकोमा संघीयता आए सङ्गै कसले हेर्ने भन्ने टुंगो लागेको छैन । केही काम प्रदेश सरकार अन्तर्गत सडक डिभिजन कार्यालय चौरजाहारीले हेर्ने गरेको छ भने केही काम पुर्वाधार कार्यालय सल्यानले हेर्ने गरेको छ तर खोलाले सडक बगाउँदा यातायात अवरुद्ध कसले खोल्ने भन्नेमा अनेवल भएको छ । त्यसकारण अहिले सडक अवरुद्ध हुदा समस्या भएको छ ।
प्रकाशित मिति: २१ असार २०७७, आईतवार १५:५८