Purushottam Giri

  • २४ असार २०७७, बुधबार २०:०५

बाढिले लाहाघाट सिचाइ कुलो र खानेपानी बगायो

इन्द्र बुढाथोकी, सल्यान

बनगाड कुपिण्डे नगरपालिका वडा न २ को लाहाघाट सिचाइ कुलो र खानेपानीको पाइप बगाएको छ । सोमबार राती आएको भीषण वर्षा र बाढी पहिरोले लाहाघाट सिचाइ कुलो र खानेपानीको पाइप बगाइदिएको छ ।

२०४४ सालमा बनाएको सिचाइ कुलोलाई सोमबार आएको भीषण बर्षाले टाटेपहरको पहिरो आउदा २० मिटर लामो खोलामा बनाएको आरसिसी कुलो भाचिदिएको छ भने अन्य ठाउमा कुलो छेदबिछेद बनाएको छ ।

कुलो पहिरोले बगाउदा १ सय १० घरधुरीको १४ सय रोपनी खेत बाझो रहेन सिचाइ कुलो समितिका अध्यक्ष ओठे रानाले जानकारी दिएका छन । अध्यक्ष रानाका अनुसार २०४४ सालमा बनाएको कुलो अहिले सम्म केही पनि भएको थिएन अहिले एक्कासि ठूलो पानी सङ्गै पहिरो आउदा कुलोको लागि बनाएको पुल भाचिदिदा खेत बाझो रहने उनले बताएका भने खानेपानीको पाइप समेत बगाउदा खानेपानीको समेत समस्या भएको छ ।

सडक समेत अबरुद्ध भएको छ । खेत रोपनाका लागि तयार परिएको विउ व्याड सुक्ने अथवा नस्ट हुने अर्को स्थानीय जीवन राना बताएका छन । गाउले नै भोकमरी पर्ने हुन सक्ने भन्दै त्यसको लागि आफुले सक्दो पहल गर्ने बनगाड कुपिण्डे नगरपालिका २ न वडा अध्यक्ष प्रतिमल बुढाले बताउनु भएको छ । अब तत्काललै सम्बन्धि सरोकार निकायलाई पहल गर्दिन स्थानीयले सबैमा अनुरोध गरेका छन ।

प्रकाशित मिति: २४ असार २०७७, बुधबार २०:०५