
इन्द्र बुढाथोकी
बनगाड कुपिण्डे नगरपालिका एक क्वारेन्टाइनबाट भागेका सबैको रिपोर्ट नेगेटिभ आएको छ । असार १८ गते आधारभूत बिध्यालय बनगाड कुपिण्डे नगरपालिका २ लाहाघाट क्वारेन्टाइनमा बसेका ७० जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनु भएको छ । उनिहरु असार १८ गते बिहिवार क्वारेन्टाइन बाट भागेका थिए ।
स्वाब संकलन गरेको एक हप्ता पनि रिर्पोट नआएको तथा लामो समयदेखि क्वारेनटाइनमा बस्नु परेको भन्दै उनीहरुले सुरक्षाकर्मीलाई ढुंगामुडा गरी भागेको थिए । गत जेठ १९ गते भारतको गुजरात र गडवालबाट आएका उनीहरुको १४ दिनपछि आरडिटी परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको थियो । पुनः असार १२ गते पीसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको रिर्पोट आउन ढिला भएको भन्दै उनीहरु भागेको पोख्रेलले बताए ।
अहिले सम्म बनगाड कुपिण्डेका नगरपालिकामा ३३ वटा विद्यालयका क्वारेन्टाइन बनाएको थियो भने २५ सय नागरिक भारत तथा तेस्रो मुलुक बाट नगरपालिकामा फर्किएका थिए । नगरपालिकामा मात्र १ सय ५१ जनाको कोरोना पोजेटिभ देखिएको थियो भने मंगलबार मात्र ३ महिने बालक सहित कोरोना जितेर १४ जना घर फर्किएका छन भने अहिले सम्म कोरोना जितेर घर फर्किनेको संख्या १ सय ३३ रहेका छ । भने सल्यान क्याम्पस आइसोलेशनमा ९ जना र प्रभाकर माबि देवस्थल आइसोलेशनमा ९ जनागरी १८ जना कोरोना पोजेटिभ बाकि रहेका छन ।
बनगाड कुपिण्डेमा तत्कालका लागि कोरोना नियन्त्रणको प्रयास सकारात्मक देखिएको छ । भारतबाट आउने नागरिक कम भए पनि आउने क्रम भने जारी नै रहेको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: २४ असार २०७७, बुधबार २०:३८