सल्यानका थप ४ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किए

सल्यान  ।

सल्यानमा काेराेना जितरे थप ४ जना घर फर्किएका छन् । बन्गाड कुपिण्डे नगरपालिकाका ४ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । खलंगा स्थित लुहापिङ आइसोलेनमा रहेका उनीहरु पछिल्लो पटक गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि  घर पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनाकारी दिएकाे  छ ।

हाल सम्म जिल्लामा २ सय २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ, भने कोरोनालाई जितेर घर फर्किनेको संख्या १ सय ७४ पुगेको छ ।

प्रकाशित मिति: २५ असार २०७७, बिहीबार १८:०२