
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चार माध्यमहरुले प्रशारण गरिरहेको सामाग्रीप्रति प्रेस संगठन नेपालले कडा आपत्ति जनाएको छ । भारतीय मिडियाका पछिल्ला हर्कतले नेपालको स्वाभिमानमाथि नै गम्भीर आँच पुर्याउने काम भइरहेको भन्दै सो संगठनले खेद प्रकटसमेत गरेको छ ।
प्रेस संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतद्वार हस्ताक्षरित बिज्ञप्तीमा भारतीय मिडियाले पत्रकारिताको न्युनतम मुल्य मान्यता समेत पालना नगरी आपत्ति जनाक सामाग्री प्रसारण गरेको बताउनु भएको छ । ‘यस प्रकारको तथ्यहिन र मर्यादाहिन सामग्री जिम्मेवार पत्रकारिता मात्रै होइन सभ्य समाजको निम्ति पनि लज्जाको बिषय हो,’ बिज्ञप्तीमा भनिएको छ, यसप्रकारको समाचारको प्रसारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध रहेको प्रेस संगठन, नेपालको ठहर रहेको छ । हामी भारतीय सञ्चार माध्यमको यसप्रकारको मर्यादाहिन र अनर्गल प्रचारप्रति खेद व्यक्त गर्दै भत्र्सना गर्दछौं ।’
संगठनले दुई देशबीचको कुटनीतिक सम्बन्धमा मात्रै होइन, दुई देशका जनताबीचको सम्बन्धमा समेत दरार पैदा गर्ने यस्ता सामाचारको खण्डन गर्दै प्रशारण रोक्नका निम्ती कुटनीतिक कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ ।
यस्तो छ प्रेस संगठनको धारणा
प्रेस विज्ञप्ति
नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत महामहिम होउ यान्छी विरुद्ध भारतीय सञ्चार माध्यमहरुले प्रशारण गरीरहेको समाचारप्रति प्रेस संगठन नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । पत्रकारिताको न्युनतम् मुल्यमान्यता समेत पालना नगरी प्रसारण गरिएको यस प्रकारको तथ्यहिन र मर्यादाहिन सामग्री जिम्मेवार पत्रकारिता मात्रै होइन सभ्य समाजको निम्ती पनि लज्जाको बिषय हो ।
यसप्रकारको समाचारको प्रसारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध रहेको प्रेस संगठन, नेपालको ठहर रहेको छ । हामी भारतीय सञ्चार माध्यमको यसप्रकारको मर्यादाहिन र अनर्गल प्रचारप्रति खेद व्यक्त गर्दै भत्र्सना गर्दछौं । दुई देशबीचको कुटनीतिक सम्बन्धमा मात्रै होइन दुई देशका जनताबीचको सम्बन्धमा समेत दरार पैदा गर्ने यस्ता सामाचारको खण्डन गर्दै प्रशारण रोक्नका निम्ती कुटनीतिक कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
संयोजक
महेश्वर दाहाल
सह–संयोजक
गणेश बस्नेत
मिति : २५ असार २०७७
प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार ०८:११