सल्यानमा मास्क नलगाएर हिड्ने ६७ जनालाई कारबाही

सल्यान ।
कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थामा मास्क नलाएर हिडेका मानिसलाइ सल्यानमा प्रहरीले ६७ जनालाई कारबाही गरेको छ ।कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन अनिवार्य रुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारवाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानमा प्रहरीले मास्क नलगाउने ६७ जनालाई कारबाही गरिएको हो । जिल्लाको श्रीनगर, थारमारे, लुहाम र कपुरकोट क्षेत्रमा गरेर मास्क नलगाउने ६७ जनालाई कारबाही गरिएको सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । मास्क नलगाउनेलाई कारबाही स्वरुप एक सयका दरले जरिवाना गरिएको उहाँको भनाई छ ।

मास्क न लगाएर बजार क्षेत्रमा हिडेका श्रीनगरमा ३४ जना, थारमारेमा १२ जना, लुहाममा १६ जना र कपुरकोटमा ४ जना कारबाहीमा परेका छन् । मास्क नलगाउनेहरुबाट ६ हजार ७ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरीले जनाएको छ । अति आवश्यकीय काम बाहेक घर बाहिर ननिस्कन र यदी कसैलाई घर बाहिर निस्कनै परेमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति: २८ असार २०७७, आईतवार ०८:५६