साउने सक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक विदा

सल्यान– साउने सक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनीक विदा दिएको छ । साउन १ गते विहिबार सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक विज्ञप्ती निकालेर विदाको जानकारि दिएको हो ।
मन्त्रालयका प्रवक्ता तुल बहादुर खड्काले गत जेठ १२ गते कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णयानुसार साउने संक्रान्ती तथा देउडा पर्वको अवसरमा विदा दिइएको बताए ।

प्रकाशित मिति: ३० असार २०७७, मंगलवार १५:४०