सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ३० पुग्याे

सल्यान ।

सल्यानमा थप ५ जनामा काराेना पुष्टि भएकाे  छ । संक्रमित हुनेमा  जिल्लाको कुमाख गाउपालिकाका ३ जना र बन्गाड कुपिण्डे नगरपालिकाका २ जना गरी बुधबार थप ५ जनामा कोरोना  संक्रमण पुष्टी भएको हो । चौरहजारी नगरपालिका, पिसिआर परिक्षण प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा कुमाख गाउपालिकाका १ जना महिला सहित ३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

यसैगरी प्रदेश अस्पताल सुर्खेत, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको  हाे ।कोरोना संक्रमितको संख्या  सल्यानमा २ सय ३० पुगेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या १ सय ७४ पुगेको छ ।

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार १७:२८