छत्रेश्वरी का ७ विद्यालयमा जोडियो स्यानिटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिन

सल्यानको छत्रेश्वरि गाउँपालिकाले छात्राका लागि स्यानिटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिन जडान गरेको छ ।गाउँपालिकाले ७ वटा सामुदायिक बिद्यालय हरुमा जिल्लामैै पहिलो पटक उक्त अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेको हो।

सामुदायिक विद्यालयमा महिनावारी भएको बेला छात्राहरु विद्यालय नआउने समस्याका कारण छात्राको पठनपाठन गुणस्तरीय नभएको देखिएकाले उक्त मेसिन जडान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन । मेसिन जडानपछि बिद्यालयमा छात्राको उपस्थिति दर बढ्ने र पठनपाठन प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए।

महिनावारी भएपछि छात्राले बीचैमा कक्षा छाड्ने र एक सातासम्म विद्यालय नआउने समस्या देखियो, अधिकांश छात्रामा लाज र अन्य स्वास्थ्य समस्याका कारण विद्यालय नियमित नआउने समस्या हल हुनेछ अध्यक्ष केसिले “भने ।

मेसिन भित्र एकपटकमा ५० स्यानिटरी प्याड अटाउने छन।
उक्त मेसिनमा स्मार्टकार्ड छिराएको १० सेकेन्ड भित्रै प्याड मेसिनबाट बाहिर खस्ने बताएको छ। बिधुत अबरुद्ध भएको समयमापनि मेसिनमा ५ घन्टासम्म धान्ने पावर ब्याकअप राखिएको छ।

गाउँपालिकाले जनता माबी बुरासे, लक्ष्मी माबी जयचौर,महेन्द्र माबी लेखपोखरा,शारदा माबी संखमुल,जानकी माबी दोहलीमा मेसिन जडान गरेको हो।यस अघि भानुभक्त माबी दमाचौर र त्रिभुवन जनता माबी भोटेचौरमा अटोमेटिक प्याड मेसिन जडान गरिसकिएको गाउँपालिकाले जनाएको छ।

महिनावारी भएको समयमा छात्राहरु बिद्यालय नआउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले ७ वटा माध्यामिक बिद्यालयहरुमा प्याड मेसिन जडान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताएका छन।उनका अनुसार छात्राहरूले एटिएमजस्तै मेसिनबाट स्यानिटरी प्याडको निशुल्क सुविधा पाउनेछन्।

मेसिनमा राखिएका प्याड बिद्यालय समयभित्र जुनसुकै समयमापनी निकाल्न सकिने बताएको छ। मेसिन जडानपछि महिनावारी भएका छात्राहरुपनी नियमित बिद्यालय आउने अपेक्षा गाउँपालिकाले लिएको छ।

प्रकाशित मिति: १ श्रावण २०७७, बिहीबार १९:३८