कभर खबर

  • २ श्रावण २०७७, शुक्रबार २१:५०

कोभिड–१९ सम्बन्धी जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम खलंगामा सम्पन्न

सल्यान ।
कोभिड–१९ सम्बन्धी जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सल्यानको खलंगामा सम्पन्न भएको छ ।सुआहाराको आर्थिक तथा प्राविधिक सहयोग र स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका दशवटै पािलकाका स्वास्थ्य शाखा प्रमुख,स्वास्थ्य सेवा कार्यालय सल्यानका फोकल पर्सन,युएसआइडीका पार्टनर संस्थाका कर्मचारी पत्रकार लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले समुदाय स्तरमा कोरोना सम्बन्धी सचेतना फैलाउन जरुरी रहेको अवस्थामा सुआहाराले पनि यस सम्बन्धी काम गरी रहेकोले समुदायलाइ सचेत बनाउने काम एकदमै महत्वपुर्ण रहेको बताउनुभयो ।

लकडाउन भनेको सम्पुर्ण समाधान नभएको बताउँदै प्रमुख जिल्ला अधिकारी पोख्रेलले लकडाउनले आर्थिक र समाजमा अन्य प्रतिकुल असर पार्न हुनाले समाजमा सचेतना फैलाउन सके कोरोना रोकथाममा मद्दत पुग्ने बताउनु भयो ।


कार्यक्रममा देशमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमण न्युनिकरणका उपाय,र समुदाय स्तरमा कोरोना रोग सम्बन्धी अभिमुखीकरण गरिएको थियो।कार्यक्रमको सहजीकरण सुआहाराका डाक्टर राजेश गिरी,स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुन लायतकाले सहजीकरण गर्नु भयो ।

 
स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख भिमकान्त जैशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुआहारा सल्यानका फिल्ड कोडिनेटर तोरण बुढाथोकीले गर्नु भयो ।सो अवसरमा सल्यानमा कोरोना संक्रमणको अवस्था,रोकथामका उपाय र महामारीको अवस्थामा प्रजनन स्वास्थ्य तथा नवजात शिशु स्याहार लगायतका विषयमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार २१:५०