Purushottam Giri

  • ४ श्रावण २०७७, आईतवार ११:५१

अब मास्क नलगाउनेलाई २४ हजार जरिवाना तिराउने

काठमाडौँ।

कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार आइतबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ४ हजार ८ सय ८३ पुगेको छ भने संक्रमितको संख्या १ करोड ४४ लाख २४ हजार ८ सय १७ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ८६ लाख १२ हजार ९६ जना उपचारपछि निको भएका छन् ।

यसैबीच, अस्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमित हुनेको संख्या व्यापकरुपमा बढेको छ। अस्ट्रेलियामा अहिले सम्म संक्रमितको संख्या १२ हजार एक सय ६३ पुगेको छ भने मृत्युहुनेको संख्या १२६ पुगेको छ। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा संक्रमणको बढ्दो घटनालाई मध्यनजर राखी सरकारले नयाँ नियमहरू घोषणा गरेको छ

। मेलबोर्न र मिशेल शायरमा शहरमा घर छोड्नु वा सार्वजनिक ठाउँमा निस्किनु अघि मास्क अनिवार्यरुपमा लगाउनु पर्ने भएको छ। यदि उक्त नियमको पालना नगरे २०० अमेरिकी डलर (करिब २४ हजार नेपाली रुपैयाँ) जरिवाना गरिनेछ। उक्त नयाँ नियम आउने बुधवार रातदेखि लागू हुने अस्ट्रेलिया सरकारले बताएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०७७, आईतवार ११:५१