खोला ठुलो भएपछी मोटरसाईकल तराएको एउटाको ५ सय

प्रचण्ड खत्री / रुकुम पश्चिम

रुकुम पश्चिममा नियमित बर्षाका कारण खोला ठुला भएका छन । बाफिकोट गाउपालिकाको वडा नम्बर ४ र ६ मा पर्ने बडगाई खोलामा काठेपुल निर्माण गर्न सुरु गरिएको छ । बर्षौ देखि वडा नम्बर ६ , ७ , ८ का स्थानीयलाई आवातजावत गर्न कठिनाई भएपछी कर्णाली प्रदेश मुख्य मुख्य मन्त्रि कार्यक्रम अन्तरगत उक्त कार्यक्रमको २ लाख बराबरको सडक मर्मत सम्भार खर्च गर्ने गरि काठेपुल निर्माण गर्न लागिएको बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर के सीले जानकारी दिए ।

लामो समय देखि उक्त खोलामा काठे पुल निर्माणमा कुनै पनि सरकारी र गैरसरकारी संथाले अहिले सम्म ध्यान दिएका थियनन , बर्षौ साल वारपार गर्न जोखिम मोलिरहेको र काठे पुल निर्माण भएपछी जोखिम हट्ने गाउपालिका अध्यक्ष के सीले बताए ।

अहिले उक्त खोला ७ जनाको समुहले दैनिकी मोटरसाईकल ७ देखि १० वटा सम्म खोला तार्ने गरेको स्थानीय रुपेश दाहालले बताए । बर्षाको याममा खोला कतिबेला कति पानीको बहाब बढ्छ भने कुराको थाहा हुदैन जोखिम उतिकै छ , तर पनि यात्रुको समस्यालाई मध्य नजर गर्दै १ वटा मोटरसाईकल तराए बाफत ५०० सय लिने गरेको दाहालको भनाई छ ।

बिगतमा काठे पुल नहुदा एकै घरका श्रीमान र श्रीमतीको ज्यान गएको थियो भने बर्षौ साल व्यापारीले भैसी र गोरु बगाउने गरेको स्थानीय ब्यापारी बिर बहादुर खड्काले बताए ।

प्रकाशित मिति: ५ श्रावण २०७७, सोमबार १६:२५