धादिङ मौवाखोलको पुल बगाएपछि काठमाण्डौ आउजाउ गर्ने मुख्य सडक बन्द

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवाखोला पुल बाढीले बगाएको छ ।

राजमार्गको पुलको केही भाग नै बगेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । अप्ठ्याराे ठाउँमा रहेको पुलको आधा भाग नै खोलाले बगाएकाले डाइभर्सनको लागि पनि समस्या भएको धादिङ प्रहरीले जनाएको छ ।

पुल नै बगेपछि सयौँ गाडी राजमार्गमै रोकिएका छन् । धादिङका कैयौँ ठाउँमा पहिरो जाँदा बिहानैदेखि राजमार्ग बन्द रहेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७७, मंगलवार ०५:५०