सल्यानमा एक शिक्षकलाइ आफ्नै १४ वर्षीया छात्रा बलात्कार गरेको आरोप

सल्यानको बागचौर नगरपालिकामा एक शिक्षकले आफ्नै १४ वर्षीया छात्रालाइ बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।बागचौर नगरपालिकाको वडानम्वर २ वागचौरमा एक निजि विद्यालयका शिक्षकमाथी यस्तो आरोप लागेको हो ।

वागचौरमा रहेको ब्राइट राेजल्याण्ड बाेर्डिंग स्कुलका शिक्षक वागचौर नगरपालिका २ निवासी ३६ वर्षिय रामचन्द्र केसीले वालिकामाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय थारमारेमा उजुरी परेको प्रहरीले जनाएको छ ।

बालिकालाइ ५ दिन अघिदेखी निरन्तर रक्तश्राव भइ रहेपछि पीडितका आफन्तले घटनाबारे थाहा पाएका हुन् । घटना परिवारले थाहा पाएपछि आरोपित फरार रहेका छन् । उजुरी पछि पीडितको स्वास्थ्य परिक्षणको लागी आज विहिबार सल्यान अस्पताल ल्याउने तयारी भइ रहेको पिडीतका आफन्तले बताए ।

स्वास्थ्य परिक्षण पछि विहिबार थप कानुनी प्रक्रिया अघि बढाइने पिडीतका मामाले बतानुभयो ।
घटनाबारे प्रहरीले कानुनी प्रकृया अघि बढाउने र थप अनुसन्धान अगाडी बढाउने जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ९ श्रावण २०७७, शुक्रबार ०८:०२