कभर खबर

  • ९ श्रावण २०७७, शुक्रबार १२:०७

जंगली बदेलको मासु सहित एक जना प्रक्राउ

सल्यान ।

सल्यानमा बंदेलके मासु सिहत एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ५ मनिकापुर निवासी ३० वर्षीय दुर्ग बहादुर रोकाले आफ्नै मकैबारीमा पासो हालेर जंगली जनावर बदेल मारी घरमा ल्याई काट्न लागेको भन्ने गोप्य सुचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुचना प्राप्त हुन साथ प्रहरी टोली घटना स्थल पुगेर बदेलको मासु र पासो बरामद गरी रोकालाई समेत पक्राउ गरी आबश्यक कारबाहीको लागि बदेलको मासु र पासो सहित डिभिजन बन कार्यालय खलंगा सल्यानमा पठाईएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

यता डिभिजन वन कार्यालय सल्यानका सुचना अधिकारी मनोज शर्माले बरामद भएको मासु परिक्षणका लागी पठाइने बताउनु भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा मासु परिक्षणका लागी पठाइने र परिक्षणको रिपोर्ट आएपछि राष्टीय निकुन्ज तथा बन्य जन्तु संरक्षण ऐन २०२९ अनुसार  कार्वाही अगाडी बढाइने बताउनु भयो ।

प्रकाशित मिति: ९ श्रावण २०७७, शुक्रबार १२:०७