
प्रचण्ड खत्री / रुकुम पश्चिम ।
रुकुम पश्चिमकाे बाफिकोट गाँउपालिकाका बिभिन्न योजनाको अनुगमन गरिएको छ । गाँउपालिका वडा नम्बर ४ र ९ को बिचमा रहेको झोलुंगे पुल , वडा नम्बर ३ मा रहेका जनता आवास कार्यक्रम अर्न्तगत अति बिपन्न परिवरका लागि निर्माण गरिरहेका ७ घरको अनुगमन , वडा नम्बर ३ भागले टोलमा निर्माण गर्न थालिएका २ वडा आरनको गाउपालिका अध्यक्ष धर्म बहादुर के सि र गाउपालिका बिभिन्न शाखाका कर्मचारिले अनुगमन गरेका हुन् ।
झोलुंगे पुलको सामान खरिद शाही निर्माण सेवाले लिएको थियो भने अन्य काम भने उपभोक्ता समिति मार्फत गराईरहेको स्थानीय हरुले बताउनुभएकाे छ । त्यस्तै प्रदेश सरकार अन्तरगत जनता आवासको लागि १ घर बराबर ३ लाख १० हजारका दरले निर्माण गरिएको बाफिकोट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताउनुभयाे । भाग्ले गाउमा निर्माण गरीएका २ वटा आरन भने गाउपालिका अन्तर्गत ४० हजारका दरले निर्माण गरिएकाे छ ।
अनुगमनमा बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर के सी , प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङ , लेखापाल केशब प्रशात ओली , शिक्षा शाखा अधिकृत ज्ञान बहादुर खड्का , ओभरसिएट दिपक शाह , दलित नेता भूबन बि क , दलित अधिकारकर्मी दिपक बि क , लगाएतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: ९ श्रावण २०७७, शुक्रबार १३:१०