इन्द्र बुढाथोकी
साउन ११, सल्यान
सल्यानमा नवजात शिशुको बेवारिसे शव भेटिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ कल्लेखोलामा नवजात शिशुको बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
आइतबार दिउसो राप्ती राजमार्ग देखि २५ मिटर टाढाको कल्लेखोलामा सडेगलेको अवस्थामा शिशुको शब फेला परेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार शिशुको सव तीन , चार दिन अगाडी फालेको हुन सक्ने अनुमान गरिएको छ । शिशुको शव गलिसकेकाले महिला पुरुष चिन्न सक्ने अवस्थामा नरहेको उनले बताए ।
घटनाबारे अनुसन्धान गर्न ईलाका प्रहरी लुहाम बाट प्रहरी निरक्षक जगत दमाईको टोली खटिएको छ । शिशु कति महिनाको हो र किन फालिएको हो भन्ने अनुमान गर्न नसकिएकाले पोष्टमार्टम पछि मात्र थाहाँ हुने प्रहरी प्रमुख खतिवडाको भनाई छ ।
प्रकाशित मिति: ११ श्रावण २०७७, आईतवार १७:३६