मोटरसाइकल चोरी कार्यमा संलग्न पक्राउ

इन्द्र बुढाथोकी
सल्यान बनगाड कुपिण्डे नगरपालिका एक व्यक्ति पक्राउ परेका छन । बनगाड कुपिण्डे नगरपालिका वडा, १० थापाचौर निवासि सुनारे घर्तिको छोरा मोहन घर्तीलाई ईलाका प्रहरी कार्यालय सल्लिवजारले पक्राउ गरेको छ ।

गएराति नगरपालिका वडा, ५ शंखपिपल च्युरा वजारमा गोविन्द सुनार भे ७ प ५६३९ को नम्बरको २२० पल्सर मोटरसाइकिल चोरी गर्दै गर्दा भागेर वडा ३ को काँरागाउँ नजिकै भेरि किनारमा १ जनालाई पक्राउ गरेको छ भने नाम खुल्न नसकेका अर्को एक जना फरार रहेको जनाएको छ ।

विगत लामो समय देखि चोरिका विभिन्न घटनामा संलग्न रहेको र राजनीति उन्मुक्तिका कारण घर्ती पक्राउ पर्ने छुट्ने गरेका छन् । बनगाडका विभिन्न स्थानमा चोरीमा उनको संलग्नता रहेको प्रहरीको भनार्इ छ । राति ३ बजे मोटरसाइकल चोरी भएको सुचना पाए पछि इप्रका इन्चार्ज मिनवहादुर खड्काको नेतृत्वको टोलीले ३ बजे देखि निरन्तर खोजी कार्य गरि भाग्ने क्रममा बनगाड कुपिण्डे नगरपालिका ३ कारागाउ नजिकै झोलुङ्गे पुल र सुर्खेत सिम्ताको सिमाना बिहान ८ बजे उनलाई पक्राउ गरेको हो ।
साथै विभिन्न अपराधमा पनि उनी संलग्न रहेको जनाएको छ । उनको साथमा विना नम्बरपेलटको पलसर वाइक पनि जवफ भएको छ । घर्तीलाई भने जिल्ला पठाउने तयारी भैरहेको जनाएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०७७, सोमबार ११:४७