
प्रचण्ड खत्री
रुकुम पश्चिम – घरमा पहिरो झरेपछी वेपत्ता भएका दुई जनाको शव भेटिएको छ । रुकुम पशिमको बाफिकोट गाउपालिका वडा नम्बर ९ झुला स्यालामा मंगलबार विहान पहिरोमा परेर दुई पुरुषको मृत्यु भएको हो । बिहान ४ बजे पहिरो खस्दा नविन सुनुसार र उनको घरमा बास बस्न आएका बल बहादुर सुनुवार वेपत्ता भएका थिए । स्थानीय तथा प्रहरीले खोजी कार्य गर्दा उनीहरुको शव भेटिएको अस्थाई प्रहरी पोस्ट छिनखेतले जनाएको छ । अझै त्यस गाउमा पहिरो खस्ने कार्य जारि रहेको छ ।
शब निकालेर पोस्ट मार्टमको लागि जिल्ला अस्पताल सल्ले लैजाने तयारि छ । पहिरोमा परि अन्य ३ जना घाइते छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको अस्थायी प्रहरी पोस्ट छिनखेतका ईन्चार्ज सई बालकृष्ण खड्काले जानकारी दिए । घरमाथीबाट पहिरो झरेपछी पहिरोसंगै घर बगेको थियो ।
प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार ०९:३८