सबस्टेशनमा केवुल जलेपछि दुई जिल्लामा बिद्युत अबरुद्ध

रमेशकुमार वली
सल्यान ।सल्यानकाे सितलपाटीमा रहेकाे ३३ केभि सबस्टेशनमा आगलागी हुदा मङ्गलबारदेखी दुई जिल्लामा बिद्युत अबरुद्ध  भएकाे छ।सबस्टेशनमा जाेडिएकाे केवुल अागाे लागेर जलेपछि सल्यान र रुकुम पश्चिममा बिद्युत सेवा बन्द भएकाे छ । जिल्लामा मर्मत गर्ने जनशक्तिको अभाब भएकाेले नेपालगञ्जबाट प्राबिधिक अाएर मर्मत कार्य शुरु गरिएकाे नेपाल बिद्युत प्राधिकरण सल्यान बितरण केन्द्रका प्रमुख अर्जुन कुमार पाेखरेलले जानकारी दिनुभयाे। अागलागीबाट कति क्षति भएकाे छ भन्ने अहिले सम्म थाहा नभएको पाेखरेलले बताउनुभयाे ।

“अहिले मर्मतकाे काम शुरु भएको  छ अागलागीले केवुलमात्र जलेकाे भए अाज बाटनै बिद्युत शुचारु हुन्छ, ट्रान्समिटरमा क्षति भएको भए बिद्युत शुचारु हुन केहिदिन लाग्न सक्छ” पाेखरेलले भन्नुभयाे ।लगातारकाे बर्षाले मर्मत कार्य समेत प्रभाबित भइरहेकाे उहाकाे भनाइ छ ।मङ्गलबार राती सबस्टेशनमा रहेकाे ट्रानसमिटरमा जाेडिएकाे केबुलमा अागलागी भएकाे थियाे ।

अागलागीबाट केवुल पुर्णरुपमा जलेकाे प्राधिकरणकाे भनाई छ । जिल्लामा बर्षात शुरु हुने बितिकै बिद्युत अनियमित हुँदै अाएकाे छ । सितलपाटीमा सबस्टेशन सञ्चालनमा अाएपछि समस्या समाधान हुने भनिएपनि अनियमितताकाे समस्या जस्ताकाे तस्तै छ । पुरानाे लाइन भएकाेले पनि समस्या भएकाे प्राधिकरणकाे भनाइ  छ ।”दाङ्गकाे तुलसीपुर देखि पश्चिम रुकुमकाे लाइनमा समस्या अाइरहन्छन, पत्ता लगाउन एकदम गाह्राे छ” प्रमुख पाेखरेलले भन्नुभयाे । बर्षातमा हावा लाग्ने तथा रुखहरु समेत ढल्ने भएकाेले पनि बिद्युत नियमित हुन नसकेकाे पेखरेलकाे भनाइ छ ।

लकडाउनका कारण नराम्ररी थला परेका ब्यवसायीहरु बिजुली अनियमितताले झनै थलापरेकाछन । “दिनभर काम गर्नेबेला बिजुली हुदैन काम गर्न नपाएर व्यापार नै डुव्ला भन्ने लाग्न थाल्याे “स्थानीय उद्यागी कर्ण बहादुर डागीले भन्नुभयाे ।धेरै बर्षदेखि सल्यानमा  बर्षाभरी राम्राेसङ्ग बिद्युत प्रयाेग  गर्न नपाएकाे स्थानीयहरुकाे भनाइ  छ ।
बिद्युत अबरुद्ध  भएपछि जिल्लामा सञ्चालित उद्याेग कलकारखानाहरु ठप्प भएका छन् ।बिद्युत अबरुद्ध  भएसङ्गै सरकारी कार्यालय तथा बैकिङ्ग सेवा समेत प्रभावित भएकाे छ ।बिद्युत नहुदा श्रीनगरमा रहेकाे ल्याण्डलाइन टेलिफाेन सेवा समेत अबरुद्ध  भएको  छ।

प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार १६:५७